१२ श्रावण २०८१, शनिबार

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ७, देवहरियास्थित देवहरिया वनमा बिहीबार राति मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१७, पथरीका खुसीराम चौधरी रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते खुसीरामलाई उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पतालमा ल्याउने क्रममा बाटैमा मृत्यु भएको परिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार