सर्पदंशबाट एकको मृत्यु



भजनी । कैलालीको भजनी नगरपालिका वडा नम्बर ४, बिजुलियामा सर्पले टोक्दा एक जनाको मृत्यु भएको छ ।
बुधबार राती बिजुलीयाका २२ वर्षीया मनिशा चौधरीको सर्पको टोकाईबाट मृत्यु भएको परिवारले जनाएको छ ।
रातीको समयमा पानी परिरहेको बेला मनिशालाई घरमा सर्पले टोकेको थियो । उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्