११ श्रावण २०८१, शुक्रबार

चट्याङ लागेर एकको मृत्यू, ३ घाइते



टीकापुर । कैलालीको जानकी गाउँपालिका–२, बढरियामा परेको चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । चट्याङ लागेर बढरियाकी १३ वर्षीया अनिता ठकुल्लाको मृत्यू भएको हो ।
चट्याङ लागेर अनितासँगै रहेका १९ वर्षीया विद्या ठकुल्ला, १७ वर्षीया ईन्द्रा ठकुल्ला र १५ वर्षीया डम्मरा ठकुल्ला घाइते भएका छन् । घाइतेको टीकापुर अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरी नायव निरिक्षक निरक रावलले जानकारी दिए छ । स्थानीय खुण्डीखोला किनारमा घाँस काट्दै गर्दा चट्याङ पर्दा अनिताको घटना स्थलमै मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार