१२ श्रावण २०८१, शनिबार

नागरिकता बनाउनेको भीड



घोडाघोडी । ईलाका प्रशासन कार्यालय सुखडमा नागरिकता प्रमाणपत्र बनाउनको भिड बढेको छ ।
फोटो सहितको मतदाता नामाबली संकलन टोली सुखडमा आए पछि नागरिकता बनाउनको चाप बढेको इलाका प्रशासन कार्यलय प्रमुख शितलसिहं ओखेडाले बताए ।
उनले दैनिक सरदर एक सय जनालाई नागरिकताको प्रमाणपत्र वितरण भइरहेको बताए ।
सुखड इलाका प्रशासन कार्यालयले महोन्याल गाउँपालिका, घोडाघोडी नगरपालिका, बर्दगोरिया गाउँपालिका र गौरी गंगानगरपालिकाका नागरिकलाई नागरिकता वितरण गरिरहेको छ ।
२०७३ साल साउन १६ गते स्थापना भएको ईलाका प्रशासन कार्यालय सुखडले एक वर्षकोको अवधिमा करिब सात हजार नागरिकता प्रमाणपत्र वितरण गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार