१२ श्रावण २०८१, शनिबार

कुटपिटबाट युवकको मृत्यु



टीकापुर । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ७ मा कुटपिटबाट एक युवकको ज्यान गएको छ ।
सोही स्थानका वीरेन्द्र राजीले आइतबार राति कुटपिट गर्दा २६ वर्षीय भविन राजीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी १५ गते मृत अवस्थामा गाउँकै मादी खोला किनारमा भेटिएका थिए । सोमबार उनको टीकापुर अस्पतालमा पोष्टमार्टम भएको छ ।
लेनदेनमा विवाद हुँदा भविनलाई वीरेन्द्रले ढुंगाले हिर्काउदा मृत्यु भएको प्रहरीले जनाएको छ । हत्या आरोपमा वीरेन्द्रलाई प्रहरीले हिरासतमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार