१२ श्रावण २०८१, शनिबार

प्रेस चौतारीको प्रादेशिक भेला



धनगढी । प्रेस चौतारी नेपालको सात नम्बर प्रदेशको विस्ताररित बैठक आइतबार धनगढीमा भएको छ । विस्तारित बैठकको चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत उद्घाटन गरे ।
सो अवसरमा अध्यक्ष बस्नेतले नेपाल पत्रकार महासंघको आसन्न महाधिवेशनको निर्वाचन परिणाम चौतारीका पक्षमा पार्न सबै एकजुट हुन आह्वान गरे ।
उनले प्रेस चौतारीलाई घेरावन्दी गर्ने प्रयास भइरहेकोले चौतारी निकट पत्रकारहरू सजग रहन आह्वान गरे । उनले चौतारी बसेर संगठनको हितविपरित गतिविधि गर्ने कुनै पनि सदस्यलाई कार्वाही गर्ने चेतावनी दिए ।
कार्यक्रममा संस्थाका महासचिव राजेश राईले आम सञ्चार नीति, महासंघको भवन, न्यूनतम पारिश्रमिक, स्वास्थ विमा आदि काम चौतारी नेतृत्वको महासंघले गरेको दावी गरे ।
बैठकले बाजुरा प्रेस युनियनका अध्यक्ष छक्क मल्लको मुद्दामा राजनीति नगरी अदालतलाई काम गर्न दिन माग गरेको प्रेस चौतारीका सचिव हेमकर्ण विकले जानकारी दिए । बैठकमा सुदूरपश्चिमका नौ वटै जिल्लाका भएका महासंघ शाखाको चुनावको नतिजको वारेमा छलफल भएको थियो ।
विस्तारित बैठकमा नेकपा (एमाले) कैलालीका अध्यक्ष दीर्घ सोडारी, गगन बिष्ट, पत्रकार खेम भण्डारी, नेपाल पत्रकार महासंघका सुदूरपश्चिम संयोजक प्रकाशविक्रम शाह, केन्द्रीय सदस्य खगेन्द्र पन्त, लक्की चौधरी, प्रेस चौतारी प्रदेश नं. ७ का संयोजक नरेन्द्र साउँद लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
वैठकमा प्रेस चौतारीको केन्द्रीय नेतृत्वदेखि प्रदेश संगठन कमिटी, चौतारीका जिल्ला अध्यक्ष लगायत प्रेस चौतारीका आवद्ध पत्रकारहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार