१२ श्रावण २०८१, शनिबार

पूल नहुँदा आवागमनमा सास्ती



धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ११ र १२ को बीचमा रहेको चाख्ले खोलामा पूल नहुँदा स्थानीयलाई आवतजावत कठिनाई भइरहेको छ ।
वडा नम्बर १२ का दीपककुमार खत्रीका अनुसार च्याख्ले खोलामा पूल निर्माणका लागि स्थानीयले पहल गरे कुनै सुनुवाई भएको छैन । ‘पूल नुहँदा असारदेखि भदौसम्म आवतजावत गर्न निकै कठिनाई हुने गरेको छ’ उनले भने ।
वडा नम्बर ११ का वडाध्यक्ष शिवबहादुर विकले चाख्ले खोलामा पूल निर्माणका लागि विभिन्न निकायसँग समन्वय भइरहेको बताए ।
उनले पुल निर्माणका लागि सडक विभाग र एसएनआरटीसँग समन्वय गरिरहेका बताए । उनले भने, ‘यही महिनाको अन्तिम साता हुने नगर परिषद्मा पूल निर्माण योजना राख्ने र भौतिक पूर्वाधार तथा निर्माण मन्त्रालयमा प्रतिनिधि मण्डल पठाउने तयारीमा छौं ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार