३१ भाद्र २०७८, बिहीबार

रघुनाथको तालाबन्दी अझैं खुलेन



धनगढी । कैलालीको बौनियास्थित रघुनाथ बहुमुखी क्याम्पसमा तालाबन्दी भएको पाँच दिन वितिसक्दा पनि अझैं खुल्न सकेको छैन ।
नवनिर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान गर्ने क्रममा पार्टीको झण्डा राखेर राजनीतिक क्रियाकलाप गरेको भन्दै स्वतन्त्र विद्यार्थी युनियनले साउन १० गतेदेखि तालाबन्दी गरेको थियो ।
विद्यालयका प्रधानाध्यापक नृपबहादुर कुँवरले समस्या समाधानका लागि आफू छलफल गर्न तयार भए पनि बन्दकर्ताहरू सम्पर्कमा नरहेको बताए ।
तर, स्वतन्त्र विद्यार्थी युनियनका सभापति शिद्ध जोशीले भने क्याम्पस प्रशासनले समस्याप्रति चासो नै नदिएको आरोप लगाए ।
क्याम्पसका आम विद्यार्थीहरू भने पाँच दिनसम्म तालाबन्दीका कारण आफूहरूको पढ्न पाउने अधिकार हनन् भइरहेको गुनासो गर्छन् ।
स्ववियु सभापति जोशीले आज (सोमबार) देखि पठनपाठन सञ्चालन हुने तर आफूहरूको आन्दोलन जारी रहने बताए ।

प्रतिक्रिया दिनुहोस्