६ कार्तिक २०८१, मंगलवार

स्थानीय गुनासो– कच्ची सडक र ढुबान प्रमुख समस्या



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्वर १, केदारटोलका बासिन्दाले टोलको प्रमुख समस्या ढुबान र कच्ची सडक रहेको गुनासो गरेका छन् ।
शनिबार भएको केदार टोल भेलामा सहभागीहरूले ढल निकासको समस्याका कारण ढुवानको समस्या बढेको र कच्ची सडकका कारण आवतजावतमा निकै कठिनाई भइरहेको गुनासो गरे ।
केदार टोल विकास समितिको आयोजनामा भएको भेलामा स्थानीय पार्वती ऐरले व्यवस्थित ढल निकास नहँुदासम्म ढुवानको समस्या समाधान नहुने बताइन् ।
त्यस्तै, स्थानीय कमल चौधरीले ढलनाली थुनिएका कारण वर्षायाममा घरभित्रै पानी पस्ने गरेको गुनासो गरे ।
समितिका सल्लाहकार रामबहादुर ऐरले साँघुरा कच्ची सडकका कारण सडक दुर्घटनामा समेत बृद्धि भइरहेको बताए ।
कार्यक्रममा समितिका अध्यक्ष पूर्णबहादुर रोकायाले सबैको सहयोग र समन्वयमा टोलका समस्या समाधान गर्न पहल भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार