योग नगर समिति विस्तार



टीकापुर । टीकापुरमा पतञ्जली योग नगर समितिलाई शनिबार विस्तार गरिएको छ । शनिबार भएको समितिको बैठकले एक जना कोषाध्यक्ष र दुई जना सदस्य मनोनित गरेको छ ।
समितिको कोषाध्यक्षमा योग प्रशिक्षक पुष्पा कुँवर र सदस्यहरूमा मीना शाही र किशोर चौधरीलाई चयन गरिएको छ ।
योग नगर समितिका अध्यक्ष बासुवेद बजगाईंको अध्यक्षतामा बसेको बैठकले आगामी २० गते जडिवुटी दिवसको अवसरमा बेल वृक्ष लगाउने निर्णय गरेको छ । सो कार्यक्रमको लागि उपाध्यक्ष शेरबहादुर विकलाई संयोजक तोकिएको छ ।
पतञ्जली योग नगरसमितिले गर्ने विभिन्न योग विज्ञानका गतिविधिहरू सञ्चालनको कार्ययोजना तयार गरी टीकापुर नगरपालिकामा पेश गर्ने कार्यका लागि योग प्रशिक्षक सर्वनन्द चपाईको संयोजकत्वमा ३ सदस्यीय समिति समेत गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्