११ श्रावण २०८१, शुक्रबार

फारवेस्ट पशुपति कप हुने



धनगढी । कैलालीको धनगढीमा तेस्रो फारवेष्ट पशुपति युवा कप २०७४ आयोजना हुने भएको छ । फारवेष्ट युवा क्लवको आयोजनामा आगामी मंसिरमा सो प्रतियोगिता सञ्चालन हुने जनाइएको छ ।
आयोजनाबारे जानकारी दिन शनिबार धनगढीमा गरिएको पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष खेम रावतले सो फुटवल प्रतियोगिता २०७२ सालबाट शुरु भएको बताए ।
उनले सो प्रतियोगितामा प्रदेश नम्बर ७ का सबै जिल्लाका साथै दाङ, बुटवल सहित देशभरीबाट १६ टिमको सहभागिता रहने बताए ।
प्रतियोगिता आयोजक समितिका संयोजक ड्विट खड्काले प्रतियोगिता विजेतालाई तीन लाख रुपैयाँ पुरस्कार प्रदान गरिने बताए ।
त्यस्तै, उपविजेतालाई एक लाख ५० हजार र उत्कृष्ट खेलाडीहरूलाई १०/१० हजार रुपैयाँ पुुरस्कार प्रदान गरिने बताए ।
सो प्रतियोगिता सञ्चालनको अनुमानित खर्च लागत २० लाख रुपैयाँ रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार