१२ श्रावण २०८१, शनिबार

लागू पदार्थसहित दुई पक्राउ



धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १०, पूर्वपश्चिम राजमार्गमा शुक्रबार लागू पदार्थसहित दुई जना पक्राउ परेका छन् ।
चुहा अस्थायी प्रहरी पोष्टले लागू पदार्थ सहित धनगढी उपमहानगरपालिका वडा नम्बर ६ का २४ वर्षीय रमेश मल्ल र गणेशबहादुर चौधरीलाई पक्राउ गरेको जनाएको छ ।
राजमार्गमा शंकास्पद अवस्थामा रहेको मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्रहरी पोष्टले से ३ प ४१३० नम्बरको मोटरसाइकलमा प्रतापुरबाट धनगढी ल्याउँदै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ ।
अस्थायी प्रहरी पोष्टका हवल्दार मोहनसिंह भाट र प्रहरी जवान कृष्णप्रसाद तिमिल्सैनाले चेकजाँचको क्रममा उनीहरुलाई पक्राउ गरेका थिए ।
लम्की प्रहरी कार्यालयका प्रमुख नैनसिंह साउँदका अनुसार उनीहरूसंग करिब तीन सय ग्राम लागू पदार्थ बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार