११ श्रावण २०८१, शुक्रबार

बसको ठक्करबाट गम्भीर घाइतेको मृत्यु



लम्की । बसको ठक्करबाट गम्भीर घाइते भएका लम्कचुहा–७, प्रतापपुरका ७४ वर्षिया प्रेमबहादुर महतोको उपचारको क्रममा भारतको लखनउमा निधन भएको छ ।
उनी साउन १० पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्की चौराहामा ना५ख ३९३ नम्बरको बसले ठक्कर दिएको थियो ।
उनको स्थानीय लालरत्न अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहेलपुर रेफर गरिएको थियो । कोहलपुरमा उपचार सम्भव नभएपछि महतोलाई भारतको लखनउमा पुर्‍याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार