१२ श्रावण २०८१, शनिबार

जनप्रतिनिधिहरूको स्वागत



धनगढी । धनगढीस्थित ख्रिष्टियन एकता समाजले धनगढी उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख लगायत १९ वटै वडाध्यक्षहरूलाई बिहीबार एक कार्यक्रममार्फत स्वागत गरेको छ ।
सो अवसरमा समाजले नवनिर्वाचित जनप्रतिनिधीहरू समक्ष ख्रिष्टियन धर्मालम्बिहरूलाई समाधी (चिहान स्थल) स्थलको निक्कै समस्या रहेकोले व्यवस्थापनका लागि आग्रह गरे ।
संस्थाका पाष्टर जोसेफ श्रेष्ठले आर्थिक सहायता, बिजुली पानीको नि:शुल्क व्यवस्था र नगर परिषद संयन्त्रमा ख्रिष्टियन समाजको प्रतिनिधित्वको माग गरे ।
सो अवसमार मेयर मेयरबहादुर नृप वडले राज्यले सवै धर्मलाई समान व्यवहार गर्ने भएकोले धनगढीमा पनि कोहीकसैमाथि कुनै पनि किसिमको भेद्भाव नहुनेमा ढुक्क रहन आग्रह गरे ।
त्यस्तै, उपमेयर सुशीला मिश्र भट्टले धर्मले मानव समाजलाई मेलमिलाप र एकताको सन्देश दिने गरेको चर्चा गरिनु ।
कार्यक्रममा उपमहानगरपालिका वडा नम्बर १, २, १५ र १६ का वडाध्यक्षहरूले पनि मन्तव्य व्यक्त गरेका थिए ।
पाष्टर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पाष्टर भागिराम चौधरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार