११ श्रावण २०८१, शुक्रबार

बाढीको नमुना अभ्यास सम्पन्न



धनगढी । कैलालीको जिल्लाको कैलारी गाउँपलिका वाड नम्बर ३ स्थित निमुवाबोझी टोलमा बुधवार बाढीको नमुना उद्धार अभ्यास सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कैलालीको आयोजना तथा मर्सीकोर नेपालको आर्थिक सहयोगमा संचालित अर्थिक विकास मार्फत बिपत जोखीम ब्यबस्थापन परियोजनाको पहलमा सो नमुना उद्धार अभ्यास सम्पन्न भएको हो ।
सो निमुवाबोझी टोलमा परियोजनाद्धारा गठित सामुदायिक बिपत् ब्यवस्थापन समीतिले सो नमुना अभ्यास गरेको हो । गाउामा बाढी पस्नुभन्दा पहिले र पसेपछी कसरी आफु र आफ्ना समुदायका मानिसको उद्धार गर्ने भन्ने विषयमा अभ्यास गरीएको हो ।
यस्तै अभ्यासका क्रममा गर्ववती, बृद्धबृद्धा, घाईते लगयत बाढीका कारण समस्यामा परेका मानिसहरूको उद्धार गर्ने तरीकाहरू सो नमुना अभ्यासमा गरीएको थियो ।
नमुना अभ्यासमा बाढीमा फसेकाहरूको उद्धार गर्दा चाहिने लाईफ ज्याकेट, रसी , ट्युव लगाएतका सामाग्रीहरू वोकेका सो टोलमा गठन गरीएको खोजतथा उद्धार ,पुर्व सुचना र प्रथमिक उपचार कार्यदलले साच्चै बस्तीमा बाढी पसेकै भानहुने गरेर नमुना अभ्यास गरेका थिए । नमुना अभ्यासमा सो टोलका २४ घर परिवारका सवैको उपस्थिति रहेको थियो ।
कैलाली जिल्लाका उच्च बाढी प्रभावित कैलारी गाउापालिका, भजनी नगरपालिका, धनगढी उपमहानगरपालिका र चुरे गाउापालिकाकाका का १८ ओटा क्षेत्रमा बाढीको नमुना उद्धार अभ्यास गर्ने कार्य भईरहेको र यसरी गरीएको नमुना अभ्यासवाट बाढी प्रभावित क्षेत्रका स्थानियहरूलाई वाढीवाट हुने धनजनको क्षतीवाट जोगीन सहयोग पुग्ने परियोजनाका कार्यक्रम अधिकृत चेतन खड्गाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार