१२ श्रावण २०८१, शनिबार

देउवा नेतृत्वको सरकारमा थपिए १९ मन्त्री



काठमाडौं । प्रधानमन्त्री निर्वाचित भएको डेढ महिनापछि शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । देउवाले पहिलोपटक बुधबार मन्त्रीमण्डलमा १९ जना सदस्य थप गरेका हुन् । उनी गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । नवनियुक्त मन्त्रीहरुले बुधबार नै शितल निवासमा आयोजित एक समारोहबीच राष्ट्रपति विद्या भण्डारीसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।

यी हुन् नवनियुक्त मन्त्रीहरु:

नेपाल कांग्रेसबाट
भीमसेनदास प्रधान: रक्षा
वीरबहादुर बलायर : भौतिक पूर्वाधार तथा यातायात
यज्ञबहादुर थापा : कानुन
मीन विश्वकर्मा : वाणिज्य
मोहन बस्नेत : सूचना तथा सञ्चार
सञ्जय गौतम : सिँचाई
रामकृष्ण यादव : कृषि
राजन केसी : युवा तथा खेलकुद
अम्बिका बस्नेत : सहकारी तथा गरिबी निवारण
महेन्द्र यादव : खानेपानी तथा सरसफाई

माओवादी केन्द्रबाट

गिरिराजमणि पोखरेल : स्वास्थ्य
महेन्द्रबहादुर शाही : ऊर्जा मन्त्री
टेकबहादुर बस्नेत : सामान्य प्रशासन
शिवकुमार मण्डल : आपूर्ति
सन्तकुमार थारु चौधरी : पशुपन्छी विकास
आशा खनाल कोइराला : महिला तथा बालबालिका

नेपाल लोकतान्त्रिक फोरम
जितेन्द्रनारायण देव : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
गोपाल दहित : भूमिसुधार

नेकपा स‌ंयुक्त
मिथिला चौधरी : जनसंख्या तथा वातावरण

मुलुकको ४० औ प्रधानमन्त्रीमा निर्वाचित भएको भोलिपल्ट जेठ २४ गते देउवाले कांग्रेस, माओवादी केन्द्र, लोकतान्त्रिक फोरमका १, १ जना उपप्रधानसहित ७ जना मन्त्री सहभागी गरेर मन्त्रिपरिषद् गठन गरेका थिए । कांग्रेसबाट गोपालमान श्रेष्ठ, माओवादीबाट कृष्णबहादुर महरा र फोरमबाट विजयकुमार गच्छदार उपप्रधानमन्त्री छन् ।

(इकान्तिपुर)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार