११ श्रावण २०८१, शुक्रबार

जुवाडे पक्राउ



भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरबाट प्रहरीले मंगलबार जुवा खेलिरहेका एघार जुवाडे पक्राउ गरेको छ ।
भीमदत्तनगरस्थित क्याम्पस रोडमा रहेको एउटा घरमा लुकिछिपी जुवा खेलिरहेको अवस्थामा प्रहरीले कञ्चनपुर, कैलाली र सुर्खेतका गरी एघार जनालाई पाँच लाख ९४ हजार ३२० रकमसहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक हिरेन्द्रबहादुर रोकाया नेतृत्वको टोलीले जुवाडेलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट तास, एक थान मोटरसाइकल र दश थान मोबाइल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी निरीक्षक रोकायाले एघार जुवाडे पक्राउ गरिएको बताउँदै उनीहरूको साथमा बरामद सामग्रीको विवरण संकलन भइरहेको जानकारी दिए । उनीहरूको समूह कैलाली र कञ्चनपुरका विभिन्न जंगलदेखि कोठा भाडामा समेत लिएर प्रहरीलाई छलेर लामो समयदेखि जुवा खेल्दै आएको प्रहरी प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार