१२ श्रावण २०८१, शनिबार

वादी परिवारलाई खाद्यान्न वितरण



धनगढी । लम्कीचुहा नगरपालिका वडा नम्बर ३, बल्चौरमा रहेको वादी समुदायको वस्तीमा मंगलबार आशा मण्डली नामक संस्थाबाट खाद्यान्न वितरण गरिएको छ ।
एक कार्यक्रमबीच लम्कीचुहा नगरपालिका प्रमुख महादेव बजगाईले सो खाद्यान्न बादी परिवारलाई हस्तान्तरण गरे ।
राष्ट्रहरूको आशामण्डलीद्वारा संकलित ४१ क्विन्टल चामल एक सय ६२ घरपरिवारलाई वितरण गरिएको थियो ।
सो अवसरमा संस्थाका पास्चर कृष्ण आचार्य, अधिकारकर्मी रमा वादी, पत्रकार वीरेन्द्र रावल, पास्चर मोहन आचार्य, प्रेमबहादुर चौधरी, ज्ञानबहादुर वादी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार