१२ श्रावण २०८१, शनिबार

कालोपत्रे गरेको एक महिनामै सडक छियाछिया



सुखड । कैलालीको सुखड–भजनी सडकखण्डको कालोपत्रे गरेको एक महिना नबित्दै खाल्डाखुल्डीमा परिणत भएको छ ।
जिल्ला समन्वय समिति कैलालीको १६ लाख रुपैयाँमा आर्थिक वर्ष २०७३/०७४ को असार मसान्तमा गरिएको कालोपत्रेमा अहिले खाल्डाखुल्डीमा बदलिएको छ ।
सुखड बजारदेखि दक्षिण भजनीतर्फको छ सय मिटर सडक अहिले हिलाम्मे बनेको छ । यसअघि दुई दुई वर्षको फरकमा दुई पटक एसियाली विकास बैंकको आर्थिक सहयोग र तत्कालीन जिल्ला विकास समिति कैलालीको प्रविधिक सहयोगमा ओटासिल प्रविधिबाट कालोपत्रे गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार