१० श्रावण २०८१, बिहीबार

जिल्ला समन्वय समिति नौ सदस्यीय हुने



धनगढी । कैलालीमा जिल्ला समन्वय समिति नौ सदस्यीय हुने भएको छ । सोमबार धनगढीमा भएको जिल्लाका स्थानीय तहका प्रमुख/अध्यक्ष तथा उपप्रमुख/उपाध्यक्षको प्रथम जिल्ला सभाले ानौ सदस्यीय जिल्ला समन्वय समिति बनाउने निर्णय गरेको जनाइएको छ ।
बैठकमा जिल्ला समन्वय समिति सात अथवा नौ सदस्यीय बनाउने भन्नेमा विवाद भएको थियो । नेपाली काँग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिले आर्थिक रूपमा मितव्ययी बनाउन सानो आकारको समन्वय समिति गठन गर्नुपर्ने जिकिर गरेका थिए ।
तर, नेकपा एमाले, माओवादी केन्द्र र फोरम लोकतान्त्रिकका तर्फबाट निर्वाचित जनप्रतिनिधिले नौ सदस्यीय जिल्ला समन्वय समिति बनाउनुपर्ने अडान लिएका थिए । पछि बहुमतका आधारमा समितिमा रहने संख्याको टुंगो लगाइएको थियो ।
महोन्याल गाउँपालिकाका अध्यक्ष एवं ज्येष्ठ सदस्य नवलसिंह रावलको अध्यक्षतामा भएको बैठकमा जिल्लाका १३ वटा स्थानीय तहका २६ जना जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
सो अवसरमा कैलालीका जिल्ला न्यायधिस धनसिंह महरा, प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजाल, स्थानीय विकास अधिकारी केशब बिमलीले नवनिर्वाचित जनप्रतिधिलाई बधाई दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार