१२ श्रावण २०८१, शनिबार

जनतासंग जनप्रतिनिधि संवाद कार्यक्रम सम्पन्न



धनगढी । फाया नेपालको आयोजनामा भएको कार्यक्रममा गौरीगंगा नगरपालिकास्थित मसुरियामा सीमान्तकृत समुदायहरूले दलित जनजाति, मुक्तकमैया, मुक्त हलिया, मुक्त कमलरी भूमिहिन सुकुम्वासी र साना किसान महिला र अन्य पछाडिपारिएको समुदायको हकअधिकार र सेवा सुविधा र सीमान्तकृत वर्ग समुदायको सामाजिक, शैक्षिक तथा आर्थिक विकासका लागि विशेष कार्यक्रम र योजना ल्याउन माग गरेका छन् ।
कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधिहरू वडा नम्बर १० का वडाध्यक्ष पदमबहादुर ऐर, ५ का वडाध्यक्ष जगंबहादुर विक, ७ का वडाध्यक्ष दलबहादुर कुमाल, गौरीगंगा नगरकार्यपालिका सदस्य विनिता महर, वडासदस्यहरू गोमा भण्डारी, मीना चौधरी, भागीराम चौधरी, नामसरा नेपाली, गौरीलाल चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
युरोपियन युनियन र ड्यान चर्च एडको साझेदारीमा फाया नेपालद्वारा सञ्चालित क्षेत्रीय खाद्य सुरक्षा सुशासन परियोजना अन्तर्गत आयोजित कार्यक्रमको उद्देश्य माथि प्रकाश तथा सहजीकरण फाया नेपालका राजेन्द्र रैकाले गरेका थिए ।
कार्यक्रम मसुरिया किसान महासंघका अध्यक्ष नामसरा नेपालीको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार