१० श्रावण २०८१, बिहीबार

दुर्घटनामा तीनको मृत्यु



धनगढी । कैलालीको धनगढीमा सवारी दुर्घटनामा आइतबार तीन जनाको मृत्यु भएको छ ।
दुर्घटनामा कैलारी गाउँपालिका–८ का करिब २६ वर्षीय वीरबहादुर चौधरी र गौरीगंगा नगरपालिका–११ का ३० वर्षीय दीपेन्द्र चौधरीको सेती अञ्चल अस्पताल पुर्याएलगत्तै मृत्यु भएको छ भने गम्भीर घाइते कैलालीको थापापुर–९, जनकपुर गाउँका करिब २६ वर्षीय आशीष चौधरीलाई उपचारका लागि भारतको लखनऊ लैजाने क्रममा दुधुवा नेसनल पार्कको बीच बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
धनगढीबाट फूलबारीतर्फ गइरहेको तीन जना चढेको से १ प ७८६० नम्बरको मोटरसाइकल र फूलबारीबाट धनगढी आउँदै गरेको से १ ख ५२८ नम्बरको बस धनगढी उपमहानगरपालिका–१५, कनरीमा जुधेका प्रहरीले जनाएको छ ।
प्रहरीले बसका चालक कैलारी गाउँपालिका ५ का ५० वर्षीय मंगलप्रसाद चौधरीलाई बससहित नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार