२८ आश्विन २०८१, सोमबार

बृद्धबृद्धाका लागि निःशुल्क स्वास्थ्य चेकजाँच



धनगढी । कैलालीको गौरीगंगा नगरपालिकामा बिहीबारदेखि बृद्धबृद्धाहरूको लागि निःशुल्क स्वास्थ्य चेकजाँच शुरु गरिएको छ ।
गौरीगंगा नगरपालिकाको आयोजनामा समाजिक सुरक्षा भत्ता वितरणसंगै स्वास्थ्य चेकजा“च शुरु गरिएको जनाइएको छ ।
नगरपालिकाको वडा नम्बर ६, बनबेहडाबाट सुरु भएको सो कार्यक्रमको गौरीगंगा नगरपालिकाका मेयर भीम देउवाले उद्घाटन गरेका थिए ।
‘बृद्धबृद्धा अवस्थामा विभिन्न रोगहरूले सताउने गर्छ’ उद्घाटन कार्यक्रममा मेयर देउवाले भने ‘बृद्धबृद्धा भनेका हाम्रा आदरणीय हुन र उहाँहरूलाई स्वास्थ्य बनाउनु हाम्रो कर्तव्य हो ।’ उनले निःशुल्क चेकजाँचले बृद्धबृद्धाहरूलाई केही सहयोग मिलोस् भनेर यो कार्यक्रम सञ्चालन भएको बताए ।
सामाजिक सुरक्षा भत्ता वितरण तथा सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको सामान्य स्वास्थ्य जाँच, प्राथमिक उपचार, स्वास्थ्य शिक्षा तथा पोषण सेवा प्रदान गराउने उद्देश्यले सो कार्यक्रम गरिएको नगरपालिका स्वास्थ्य शाखा हेल्थ अधिकृत ईश्वरी भूषालले बताए ।
पहिलो दिन पाँच सय ५६ बृद्धबृद्धाहरूले समाजिक सुरक्षा भत्ता लिएकोमा एक सय ५७ जनाले निःशुल्क स्वास्थ्य चेकजाँच गराएको उनले जानकारी दिए । निशुल्क चेकजाँचका क्रममा अधिकांस बृद्धबृद्धाहरूमा आँखाको समस्या र ग्याष्ट्रिक भएको पाईएको उनले जानकारी दिए ।
कार्यक्रम नगरपालिकामा नौ दिनसम्म सञ्चालन हुने छ । उनले समाजिक सुरक्षा भत्ता वितरणसंगै निःशुल्क स्वास्थ्य चेकजाँच कार्यक्रम नेपालमै पहिलो पटक भएको दावी गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार