१२ श्रावण २०८१, शनिबार

छाडा पशुचौपाय नियन्त्रण गरिदै



लम्की । कैलालीको लम्कीचुहा नगरपालिकास्थित पूर्व लम्कीका स्थानीय वासिन्दाले छाडा पशुचौपाया नगरपालिकालाई बुझाएका छन् ।
नवनिर्वाचित पदाधिकारीहरूले बजार तथा राजमार्गमा रहेका छाडा पशुचौपाया व्यवसथापन गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताएका थिए ।
निर्वाचन सम्पन्न भएको करिब १ महिना पुग्न लाग्दा पनि सो विषयमा चासो नदिएको भन्दै स्थानीय भूपेन्द्र बडुवालको नेतृत्वमा १२ जनाको समूहले करिब ५० वटा छाडा चौपाया लगेर नगरपालिकामा बुझाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार