१२ श्रावण २०८१, शनिबार

वृक्षारोपणका लागि विरुवा वितरण



घोडाघोडी । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १० मा रहेको सेक्टर वन कार्यालयबाट वृक्षारोपणका लागि विरुवा वितरण भइरहेको छ ।
सेक्टर वन कार्यालय, पहलमानपुरका सहायक वन अधिकृत शम्भु सिंंहका अनुसार वृक्षारोपणका लागि सतिसाल, सिमल, सगुन, लगायतका प्रजातिका विरुवा वितरण भइरहेको छ ।
उनले हालसम्म विभिन्न जातका २० हजार विरुवा वितरण भइसकेको बताए । कैलालीका घोडाघोडी नगरपालिका, कैलारी गाउँपालिका, भजनीत्रिशक्ति नगरपालिका लगायतका क्षेत्रमा रहेका सामुदायिक वन, संघसंस्था तथा व्यक्तिगत रूपमा विरुवा लगेको उनले बताए ।
सहायक वन अधिकृत सिंहले अझैं २० हजार विरुवा वितरण गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार