११ श्रावण २०८१, शुक्रबार

बधाई तथा सम्मान कार्यक्रम



जानकी । कैलालीको जानकी गाउँपालिका वडा नम्बर ८ पालबजारमा सोमबार १७ औं कमैया मुक्ति दिवस मनाइएको छ । सो अवसरमा गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा सम्मान गरिएको छ ।
गाउँपालिकाको वडा नम्बर ८ र ९ को आयोजनामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रदीप चौधरी, उपाध्यक्ष उमा महतौ तथा वडाध्यक्ष तथा सदस्यहरूलाई बधाई तथा सम्मान गरिउको थियो ।
कार्यक्रम बडघर गहनु चौधरीको अध्यक्षतामा भएको थियो । सो अवसरमा वडा नम्बर ९ का अध्यक्ष खकेन्द्र भण्डारी, वडा नम्बर ८ का अध्यक्ष डम्मर थारू, वडा नम्बर ५ का अध्यक्ष भीम थारू, ऐश्वर्य सामुदायिक वनका अध्यक्ष केशव शाही, हजारी खानेपानी सरसफाई संस्थाका अध्यक्ष लालबहादुर थापा, प्रेम चौधरी, गुलेली चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
दिलकुमारी चौधरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन जगत चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार