११ श्रावण २०८१, शुक्रबार

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु



बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा शनिबार राति मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा घोडाघोडी नगरपालिका वडा नम्बर १ सुखडस्थित खप्तड होटलका सञ्चालक लोकराज वस्नेतको मृत्यु भएको बताइएको छ । बौनियाबाट से २ प ५३२१ नम्बरको मोटरसाईकलमा सुखड आउने क्रममा उनी दुर्घटनामा परेका थिए ।
दुर्घटनामा २० वर्षीया गौरी चौधरी नेपाली घाइते भएकी छन् । प्रहरीका अनुसार दुर्घटनाको कारण अझैं स्पष्ट हुनसकेको छैन । घाइते गौरीको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार