१२ श्रावण २०८१, शनिबार

विद्युत सेवा अनियमित



टीकापुर । कैलालीको टीकापुरमा पटक–पटक विद्युत सेवा अनिमित हुँदा सेवाग्राही मर्कामा परेका छन् । लोडसेडिङ नभएको समयमा पनि विद्युत सेवा पटकपटक कटौती गरिँदा हैरानी भइरहेको सेवाग्राहीको गुनासो छ ।
नेपाल विद्युत्त प्राधिकरण टीकापुर वितरण केन्द्रले टीकापुरका लागि आउने ३३ केभी प्रसारण लाइनमा विभिन्न स्थानमा रुखका हांगा, पातले छोएका कारण समस्या आउने गरेको बताएको छ ।
प्राधिकरणले समस्या समाधानका लागि भन्दै आइतबार दिनभर ३३ केभी प्रसारण लाइनमा बाधा पार्ने रुखका हांगाहरू काटेर मर्मतको काम भइरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार