३० आश्विन २०८१, बुधबार

पथरैयामा एम्बुलेन्स सेवा



लम्की । जानकी गाउँपालिका अन्तर्गत नेपाल रेडक्रस सोसाइटी उपशाखा पथरैयामा एम्बुलेन्स सेवा सुचारु भएको छ ।
एम्बुलेन्स सेवाको आइतबार गाउँपालिका अध्यक्ष प्रदीप चौधरीले उद्घाटन गरे । कार्यक्रम नेपाल रेड्क्रस सोसाईटी उपशाखाका सभापति प्रेमबहादुर बुढाको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा उपाध्यक्ष उमा महतो, टेकबहादुर बम, शिक्षक कर्ण कुँवर, वडाध्यक्ष खकेन्द्र भण्डारी, डम्मरबहादुर चौधरी, भीमबहादुर थारू लगायत मन्तव्य व्यक्त गरेका थिए ।
नेपाल रेड्क्रसका निवर्तमान सभापति लालबहादुर थापाले स्वागत गरेका थिए । सासंद विकास कोषको १० लाख अनुदान र साविकको पथरैया गाविसबाट दुई लाख ५० हजार सहयोगमा एम्बुलेन्स खरिद गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार