१२ श्रावण २०८१, शनिबार

विद्यालयलाई कम्प्युटर प्रदान



लम्की । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १, पूर्वलम्कीमा रहेको शहीदस्मृति माध्यमिक विद्यालयमा शुक्रबार कम्प्युटर हस्तानन्तरण गरिएको छ ।
निर्वाचन क्षेत्र विकास कार्यक्रम (क्षेत्र नम्बर २) को रकमबाट खरिद गरिएको एक थान कम्प्युटर लम्कीचुहा नगरपालिकाका प्रमुख महादेव बजगाईंले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवलबहादुर भूल तथा प्रधानाध्यापक नोवेन्द्रा बराललाई हस्तान्तरण गरे ।
कार्यक्रममा नगर उपप्रमुख टिका थापा, वडा नम्बर १ का वडाध्यक्ष जनक बम, नगर कार्यपालिका सदस्य विर्मा विक, वडा सदस्य प्रवल रोकाया लगायतकाको उपस्थिति रहेको थियो ।
प्रधानाध्यपक बरालले स्वागत गरेको कार्यक्रमको शिक्षक नविन देवकोटाले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार