१ कार्तिक २०८१, बिहीबार

सामुहिक रक्तदान



धनगढी । कैलाली जिल्ला क्रिकेट एकेडेमी र जिल्ला खेलकुद विकास समितिको आयोजनामा शुक्रबार धनगढीमा संयुक्त रक्तदान कार्यक्रम भएको छ ।
जिल्लामा रगतको अभाव भएको समाचार सार्वजनिक भएपछि सो आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।
आकस्मिक रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेको जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष बाबुराज श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार