११ श्रावण २०८१, शुक्रबार

मुख्य सचिवमा राजेन्द्रकिशोर क्षत्री नियुक्त



काठमाडौं । सरकारले मुख्य सचिवमा राजेन्द्रकिशोर क्षत्रीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले क्षत्रीलाई मुख्य सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
मुख्य सचिवको दौडमा उत्रिएका नारायणगोपाल मलेगो, शान्तबहादुर श्रेष्ठ, शान्तराज सुवेदी, शंकर अधिकारी, ङइन्द्रप्रसाद उपाध्याय, लोकदर्शन रेग्मीमध्ये क्षत्री वरिष्ठ सचिव हुन् । मुख्य सचिवमा बढुवा भएका क्षत्री धेरै दिन पदमा रहने छैनन् । ५८ वर्ष उमेर पूरा गरी उनले कात्तिक ८ मा अनिवार्य अवकाश पाउनेछन् ।
तत्कालीन मुख्य सचिव सोमलाल सुवेदी आफ्नो पद अतिरिक्त समूहमा राखी काजमा एडीबीमा गएपछि सरकारले प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीलाई निमित्त मुख्य सचिव तोकेको थियो ।
मुख्यसचिवका सबभन्दा वरिष्ठ दाबेदार सचिव धनबहादुर तामाङले विशिष्ट श्रेणीको ५ वर्षे पदावधि पूरा गरी बुधबार अनिवार्य अवकाश पाएका छन् । मन्त्रिपरिषद्ले मंगलबार नै मुख्यसचिव बढुवा गरेको भए तामाङ हुन सक्थे ।

(इकान्तिपुर)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार