१२ श्रावण २०८१, शनिबार

वरिष्ठ साहित्यकार भट्टको स्मृतिमा श्रद्धाञ्जली सभा



धनगढी । कैलालीका वरिष्ठ समाजसेवी एवं साहित्यकार स्वर्गीय दिनानाथ भट्टको १५ औं पूण्यतिथिका अवसरमा मंगलबार धनगढीमा श्रद्धाञ्जली सभा भएको छ ।
कैलाली जनपुस्तकालय लगायत थुप्रै शैक्षिक, सामाजिक तथा साहित्यिक संघसंस्थाको नेतृत्व गरिसकेका बरिष्ठ साहित्यकार भट्टको गत १३ गते स्वर्गारोहण भएको थियो ।
कैलाली जनपुस्तकालय, सुदूरपश्चिम साहित्य समाज, कैलाली बहुमुखी क्याम्पस, ऐश्वर्य विद्या निकेतन, नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान, सुदूरपश्चिम कला प्रतिष्ठान, गीता सत्संग समिति तथा धनगढी उच्चमाविको संयुक्त आयोजनामा सो श्रद्धान्जली सभा भएको थियो ।
जनपुस्तकालयका अध्यक्ष उमाकान्त जोशीको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष रामलाल जोशी, साहित्यकार यज्ञराज यात्री, हेमन्ती जोशी, सहप्राध्यापक डिल्लीराज फुलारा, नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठानका प्रयागराज जोशी, गीता सत्संग समितिका तारादत्त पाण्डेय, धनगढी माविका लक्ष्मणदत्त भट्टलगायतले श्रद्धासुमन अर्पण गरेका थिए ।
कार्यक्रमको सञ्चालन सचिव एनके जोशीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार