११ श्रावण २०८१, शुक्रबार

नवनिर्वाचित जनप्रतिनिधहरूको स्वागत



धनगढी । सामुदायिक प्रहरी सेवा केन्द्रले धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधहरूलाई वधाई तथा स्वागत गरेको छ ।
धनगढी उपमहानगरपालिका—५, हसनपुरमा रहेको सेवा केन्द्रले धनगढी उपमहानगरपालिका नवनिर्वाचित मेयर नृपबहादुर वड, उपमेयर सुशीला मिश्र भट्ट, वडा नम्बर ५ का अध्यक्ष हिरासिंह पातली, सदस्यहरू यशोदा भण्डारी, बब्लुकुमार चौधरी, माया ताम्राकार र भूमिराज जोशीलाई वधाई तथा स्वागत गरेको थियो ।
सो अवसरमा नवनिर्वाचित जनप्रतिनिधीहरूलाई सेवा केन्द्रका पदाधिकारी, सल्लाहकार, आजिवन सदस्य तथा वडाबासीले स्वागत गरे ।
नवनिर्वाचित मेयर वड सेवा केन्द्रका सल्लाहकार हुन् ।
केन्द्रका अध्यक्ष जगतबहादुर बमको अध्यक्षतामा भएको कार्यक्रममा मेयर वड, उपमेयर मिश्र, वडाध्यक्ष पातली, सेवा केन्द्रका सल्लाहकार मदनराज पाण्डे, निवर्तमान अध्यक्ष ईन्द्रबहादुर शाह लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सेवा केन्द्रका उपाध्यक्ष लक्ष्मी शाहीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सहसचिव भिमबहादुर चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार