३० आश्विन २०८१, बुधबार

साथी अस्पताल सञ्चालनमा



टीकापुर । कैलालीको टीकापुर नगरपालिकामा साथी अस्पताल सञ्चालनमा आएको छ । विभिन्न पेशा र व्यावशायमा संलग्न ३१ जनाले सो अस्पताल सञ्चालनमा ल्याएको बताइएको छ । हाल सो अस्पतालमा १५ सैया रहेका छन् ।
अस्पतालमा एक जना विशेषज्ञ सहित तीन जना चिकित्सक कार्यरत रहेको सञ्चालक सुरेन्द्रकिशोर गिरीले जानकारी दिए ।
अस्पतालको मंगलबार एक समारोहबीच टीकापुर नगरपालिकाका नवनिर्वाचित मेयर तपेन्द्रबहादुर रावलले उद्घाटन गरे ।
अस्पताल सञ्चालक समितिका अध्यक्ष शंकर शर्माको अध्यक्षतामा भएको उद्घाटन समारोहमा विभिन्न व्यक्तिहरूले शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार