३० आश्विन २०८१, बुधबार

बस र मोटरसाइकल जुध्दा दुई घाइते



धनगढी । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका, अर्जुनी ब्यारेक नजिक मंगलबार बस र मोटरसाइकल एकापसमा ठोक्किदा दुई जना घाइते भएका छन् ।
दुर्घटनामा शुक्लाफाँटा नगरपालिका–३ बस्ने मोटरसाइकल चालक ५० वर्षिय रामबहादुर चौधरी र उनकी ४० वर्षीया श्रीमति सुधानी घाइते भएको जनाइएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको म१प ६३९४ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको ना४ख ६१७५ नम्बरको बस कञ्चनपुरको शुक्लाफा“टा नगरपालिका वडा नम्बर ५ अर्जूनी ब्यारेक नजिकै दिउसो साढे ३ बजे एकापसमा जुधेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
घाइतेमध्ये रामबहादुरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । रामबहादुरको टाउकोमा गम्भीर चोट लागेको छ । घाइते दुवै जनाको महाकाली अञ्चल अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार