११ श्रावण २०८१, शुक्रबार

गुरुयोजनासहित काम गर्नेछौं– नगर प्रमुख चौधरी



धनगढी । भजनी नगरपालिकाका नगरप्रमुख शेरबहादुर चौधरीले सीमान्तकृत वर्ग समुदायको हकअधिकार र सेवा सुविधाका लागि गुरुयोजनासहित काम गर्ने बताएका छन् ।
आइबातर भजनीमा भएको एक कार्यक्रममा नगरप्रमुख चौधरीले सीमान्तकृत समुदायको खाद्य, भूमिअधिकार र सामाजिक न्यायका सवालमा आफू सधैं सजग रहेको बताए ।
फाया नेपालद्वारा आयोजित कार्यक्रममा सहभागीहरूले जल, जमिन, जंगल र प्राकृतिक स्रोतसाधनमा सीमान्तकृत समुदाय, दलित, जनजाति, मुक्तकमैया, मुक्त हलियालगायतको अधिकार सुनिश्चित गर्नुपर्ने माग गरे ।
कार्यक्रममा पूर्व सभासद हरि श्रीपाइली, डिसीएका क्षेत्रीय संयोजक डा. पूर्णबहादुर नेपाली, भूमिअधिकार मञ्चका केन्द्रीय सदस्य भुन्टे राजी, दलित महिला सञ्जालका धनमाया सुनार, भूमिअधिकार संघर्ष समितिका अध्यक्ष खुसीराम चौधरी, फाया नेपालका कार्यक्रम संयोजक लक्ष्मीभक्त जोशीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
नगरस्तरीय किसान महासंघका अध्यक्ष छविराम पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण फाया नेपालका राजेन्द्र रैकाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार