१ कार्तिक २०८१, बिहीबार

धनगढीका मतदातालाई एमालेको धन्यवाद



धनगढी । नेकपा (एमाले)का धनगढी उपमहानगरपालिका मेयर पदका उम्मेदवार दुर्गाप्रसाद जोशीले मेयर र उपमेयरमा विजेताहरूलाई बधाई ज्ञापन गरेका छन् ।
जोशीले आज विजेता कांग्रेसका नृप वड र सुशीला भट्ट मिश्रलाई कार्यकालका शुभकामना सहित बधाई व्यक्त गरेका हुन् । उनले आफ्नो पक्षमा मत दिने मतदाताहरूप्रति कृतज्ञता समेत व्यक्त गरेका छन् ।
विज्ञप्तिमा लोकतान्त्रिक मूल्य मान्यताको संस्था विकास र धनगढी उपमहानगरपालिकाको समग्र विकासका लागि पार्टीले रचनात्मक भूमिका निर्वाह गर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार