४ जेष्ठ २०८१, शुक्रबार

अपाङ्गता भएका व्यक्तिहरूका लागि कार्यशाला



लम्की । अपाङ्गता भएका व्यक्तिहरूका लागि आयआर्जन तालिम तथा कार्यशाला गोष्ठी शनिबार कैलालीको लम्कीमा भएको छ ।
अपाङ्ग चेतना समाज लम्कीचुहाको आयोजना तथा लम्कीचुहा नगरपालिकाको आर्थिक सहयोगमा कार्यक्रम भएको थियो ।
कार्यक्रमको लम्कीचुहाका प्रमुख महादेव बजगाईले उद्घाटन गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष प्रेमबहादुर वयकको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख टीका थापा, नेपाली काँग्रेसका नगर सभापति रामबहादुर विष्ट, नेकपा एमालेका पदमबहादुर रावल, नेकपा माओवादी केन्द्रका नगर ईञ्चार्ज दलबहादुर बिष्ट, राप्रपाका नगर अध्यक्ष अविलाल चौलागाई, जनमोर्चाका मिलन शाही, जयराज ढुङ्गाना, रतन सुनार, मोतिकला चलाउने, रंगप्रसाद तिमिल्सैना, नेपाल पत्रकार महासंघका सदस्य देवानन्द न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार