४ जेष्ठ २०८१, शुक्रबार

लागूऔषधसहित पक्राउ



धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाबाट एक जना लागुऔषध (चरेश) सहित पक्राउ परेको छ ।
घोडाघोडी–१ बस्ने ३५ वर्षिय दीपक भनि चिनिने चित्र रानालाई प्रहरीले चार किलो चरेस सहित पक्राउ गरेको हो ।
क्षेत्रीय अनुसन्धान समूह (आरईटी) ले विशेष सूचनाका आधारमा सुखड बजारदेखि ल्वारपुर जाने बाटोमा चरेशसहित उनलाई पक्राउ गरेको कैलालीका प्रहरी प्रवक्ता एंव प्रहरी नायव उपरिक्षक वीरबहादुर बुढामगरले बताए ।
अनुसन्धान समूहले पक्राउ परेका रानालाई आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय सुखडमा बुझाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार