२ जेष्ठ २०८१, बुधबार

पहुरालाई स्यामसुङ ग्यालेक्सी



धनगढी । वर्ल्डलिंक कम्युनिकेशन्स प्रालिले पहुरा थारू दैनिक धनगढीलाई सामसुङ ग्यालेक्सी एसएट मोवाईल उपहार प्रदान गरेको छ ।
बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच सो मोवाईल प्रदान गरियो । पहुरा थारू दैनिकका प्रशासक तथा सम्पादक स्माईल चौधरीले सो मोबाइल प्राप्त गरे । मोवाईलको बजार मूल्या ८८ हजार नौसय रहेको छ ।
वल्र्डलिंक कम्युनिकेशन्स प्रालिले आफ्ना सक्रिय ग्राहक एक लाख जना पुगेको अवसरमा ल्याएको सेलिब्रेसन अफरमा १० जनालाई सामसुङ ग्यालेक्सी एस एट मोबाइल दिएको छ भने एक सयलाई तीन महिनासम्मको नि:शुल्क इन्टरनेट उपहारस्वरूप प्रदान गरेको छ ।
इन्टरनेट उपहार पाउने १ सय जना विजेताको नाम शुक्रबार सार्वजनिक गरेको छ । मोबाइल तथा इन्टरनेट उपहार विजेतालाई कम्पनीको सफटवेयर सिस्टमले छनोट गरेको हो ।
सामसुङ ग्यालेक्सी एस ८ का विजेताहरूमा पहुरा थारू दैनिक धनगढी (युजर आईडी फारवेष्ट डीजीडी), भरत शाही ठकुरी (काठमाडौं), तेन्जिङ शेर्पा (काठमाडौं), ज्योति लामा (भक्तपुर), एड्भेन्चर तानसेन ट्रेक (काठमाडौं), सुजन तिमल्सिना (काठमाडौं), राजेन्द्र कुमार (भैरहवा), गौरवकुमार अग्रवाल (बिरगंज), पार्वती थापा (बुटवल) र बिनोद थापा मगर (काठमाडौं) रहेका छन् ।
साथै १ सय जना नि:शुल्क इन्टरनेट विजेताहरूको युजर आइडी कम्पनीले आफ्नो वेवसाइट र फेसबुक पेजमा सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार