४ जेष्ठ २०८१, शुक्रबार

धनगढी ३ मा माअाेवादी विजयी



धनगढी । धनगढीको मंगलबार सार्वजनिक भएको ३ नम्बर वडामा वडा अध्यक्ष माओवादी केन्द्र विजयी भएको छ भने दलित महिला सदस्यमा काँग्रेस, खुल्ला महिला सदस्य र सदस्यमा एमाले विजयी भएको छ ।
माओवादी केन्द्रका वडा अध्यक्ष वलबहादुर ऐरले १ हजार १ सय ३८ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्धन्दी राज ऐरले १ हजार ८४ मत प्राप्त गरेका थिए ।
कैलालीको तीन वटा स्थानीय तहमा मतगणना जारी रहेको छ । धनगढी उपमहानगरपालिका, घोडाघोडी नगरपालिका र लम्की चुहा नगरपालिकामा मतगणना जारी रहेको छ ।
१९ वडा रहेको धनगढी उपमहानगरपालिकाको मंगलबारसम्म ५ वटा वडाको मतगणना सम्पन्न भईसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार