४ जेष्ठ २०८१, शुक्रबार

टीकापुरमा फाेरमकाे अग्रता कायमै



कैलाली । टीकापुर नगरपालिकाको जारी मतगणनामा अहिलेसम्म फोरमकै अग्रता छ । टीकापुर नगरपालिकाको मेयरमा फोरम लोकतान्त्रिक मेयर ४५१६ उपमेयर ४४६१, एमाले मेयर ३३५४ उपमेयर ३१७६, नेपाली कागे्रस ३४३७ उपमेयर ३५५४, माओवादी केन्द्र मेयर ३८४२ उपमेयर ३९६२ मत पाएको छ । अहिलेसम्म १७१७० मत गणना सकिएको छ । अहिले वडा नं. १ मतगणना भइरहेको छ । वडा नंं १ मा ८ हजार मत खसेको छ ।
टीकापुर नगरपालिकाका वार्ड नं. ७, ८ र ९ मा नेकपा माओवादी केन्द्रको प्यानल विजय भएको छ । वडा नं. ७ मा माओवादी केन्द्रका रामलाल चौधरी, वडा नं. ८ मा दिर्घ ठकुल्लाले ७४८ र वार्ड नं. ९ बाट माओवादी केन्द्रकै लौटन चौधरीले ५०२ मत ल्याएर पुरै प्यानल विजय हुनुभएको छ । यस्तै जानकी गाँउपालिकाको वार्ड नं. ४ मा नेपाल लोकतान्त्रिक फोरमको विजय भएको खबर प्राप्त भएको छ ।
टीकापुर नगरपालिका वडा नं. ४ मा फोरमको प्यानल विजयी भएको छ । वडा नं. ४ को वडा अध्यक्षमा लालविर चौधरी विजयी हुनुभएको छ ।
टीकापुर नगरपालिका वडा नं. २ को वडा अध्यक्षमा नेकपा एमालेका प्रकाश बुढा विजयी हुनुभएको छ ।
टीकापुर नगरपालिका वडा न.ं ३, ४, ५ र ६ मा नेपाल लोकतान्त्रिक फोरमको प्यानल विजयी भएको छ । वडा नं. ५ मा नेपाल लोकतान्त्रिक फोरमबाट राम शंकर डगौरा सहितको प्यानल विजयी भएको छ ।
टीकापुर नगरपालिका वडा नं. ६ को वडा अध्यक्षमा फोरम लोकतान्त्रिकका बलिराम चौधरी सहित पुरै प्यानल विजयी भएको छ । वडा नं. ३ को वडा अध्यक्षमा रामसेवक महता
विजयी हुनुभएको छ ।
जानकी गाउंपालिकाको वडा नं. ४ मा फोरम लोकतान्त्रिकको पुरै प्यानल विजयी भएको छ । वडा नम्बर ५ मा फोरम लोकतान्त्रिकको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा भिमबहादुर थारु विजयी हुनुभएकोे छ । उहाले ६३४ मत प्राप्त गर्नु भएको छ ।
वडा नंं ७ मा फोरमको प्यानल विजयी भएको छ । फोरमका लक्ष्मण चौधरी ९६९ मत ल्याएर विजयी हुनुभएको छ । लोकतान्त्रिक फोरमका रामकिसनी देवी चौधरी महिला सदस्यमा, विर्मादेवी विश्वकर्मा दलित महिला सदस्यमा र दशरथलाल डगौरा थारु र हसिराम चौधरी विजयी भएका हुन् ।
जानकी गाउंपालिकाकै वडा नंं ६ मा नेपाली कांग्रेसका वडा अध्यक्ष झनक विश्वकर्मा सहितको प्यानल विजयी भएको छ । वडा नं. ९ मा नेकपा एमालेको अध्यक्ष खकेन्द्र भण्डारीको सहितको पुरै प्यानल विजयी भएको छ ।
त्यस्तै वडा नं. ८ माओवादी केन्द्र र फोरम लोकतान्त्रिको मिश्रित टीम विजयी भएको छ । वडा अध्यक्षमा माओवादी केन्द्रका डम्बर चौधरी विजयी हुनुभएको छ ।
लम्किचुहा नगरपालिका वडा न. ७ मा नेपाल लोकतान्त्रिक फोरमका हरिराम चौधरी विजयी हुनुभएको छ ।
३ र १० मा नेपाली काङ्ग्रेसको पुरै प्यानल बिजयी भएको छ । वडा नं. ३ मा नेपाली काङ्ग्रेसका भक्तबहादुर चलाउने वडा नं. १० मा वडा अध्यक्ष हर्क कठरिया विजयी हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार