११ श्रावण २०८१, शुक्रबार

कैलालीमा चार दलकाे अग्रता



धनगढी । दाेस्राे चरण अर्न्तगत भएकाे निर्वाचनकाे मतगणना जारी रहेकाे छ । जिल्लाकाे माेहन्याल गाउपालिका गाउपालिका बाहेक १२ वटै स्थानीय तहमा मतगणना जारी रहेकाे छ ।

विहान १० बजेसम्मकाे मतगणना अनुसार जिल्लामा काँग्रेस, एमाले र माअाेवादी बराबरमा अग्रता कायम गरेका छन् । जिल्लाकाे धनगढी उपमहानगरपालिका, लम्की चुहा नगरपालिका र जानकी गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता कायम गरेकाे छ भने गाेदावरी नगरपालिका, चुरे र वर्दगाेरिया  गाउँपालिकामा एमालेले अग्रता कायम राखेकाे छ ।

जिल्लाकाे गाैरिगंगा नगरपालिका, घाेडाघाेडी नगरपालिका र कैलारी गाउपालिकामा माअाेवादी केन्द्रले अग्रता लिएकाे छ भने भजनी, टीकापुर नगरपालिका र जाेशिपुर गाउँपालिकामा लाेकतान्त्रिक फाेरमले अग्रता कायम गरेकाे छ ।

अहिलेसम्मकाे मतपरिणाम अनुसार धनगढी उपमहानगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार नृप अाेडले ७ सय ८३ मत र स्वतन्त्रका उम्मेदवार गाेपाल हमालले ७ सय ५७ मत प्राप्त गरेका छन् ।

उता लम्की चुहा नगरपालिकामा कांग्रेसका उम्मेदवारले १ हजार २ सय ९८, एमालेका उम्मेदवारले ९ सय ६७, माअाेवादी केन्द्रका उम्मेदवारले ८ सय ६२ र फाेरमले ८ सय ९१ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार