१२ श्रावण २०८१, शनिबार

स्थानीय निर्वाचन : मतदान केन्द्र कर्मचारीमा महिलाको संख्या न्युन



अनुमोदन समाचार/बैतडी
बैतडीका एक सय ७४ मतदान केन्द्रमध्ये एक मतदान केन्द्रमा अपाङ्गता भएका कर्मचारी खटाइएका छन् । त्यस्तै, एउटा मतदान केन्द्रमा सबै कर्मचारी महिला रहेका छन् ।
दशरथचन्द नगरपालिका वडा नम्बर १ को गुरुखोलाको ख केन्द्रमा अपाङ्गता भएका कर्मचारीहरू मात्रै खटाइएका छन् ।
मतदान केन्द्रमा खटिएका मतदान अधिकृतदेखि सहायक कर्मचारी सबै अपाङ्गता भएका व्यक्ति छन् ।
अपाङ्गता भएका कर्मचारीले पनि अरु कर्मचारी जस्तै काम गर्न सक्छन् भन्ने कुरा उदाहरण दिनका लागि उनीहरूलाई खटाइएको गुरुखोला मतदान केन्द्रका मतदान अधिकृत जीतबहादुर रोकायाले बताए ।
त्यस्तै, पाटन नगरपालिकाको निमावि पन्त्यौडा मतदान केन्द्रमा महिला कर्मचारीहरू मात्रै खटिएका छन् । महिला तथा बालबालिका कार्यालयका प्रमुख अनिता बुढाऐरले यो मतदान केन्द्रको मतदान अधिकृत भएर काम गरिरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार