१ कार्तिक २०८१, बिहीबार

सुरक्षा व्यवस्था कडा बनाइयो



धनगढी । बुधबार हुने स्थानीय तह निर्वाचनलाई व्यवस्थित, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा योजना कडा बनाइएको छ ।
निर्वाचनको समयमा हुन सक्ने अप्रिय घटनालाई न्यूनिकरण गर्न र निर्वाचन भयरहित वातावरणमा जिल्ला सुरक्षा समन्वय समितिले आन्तरिक र बाह्य सुरक्षा रणनीति तयार गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

फाइल तस्बिर

सुरक्षा समितिले चुनाव लक्षित खुल्ला सीमानाका ७२ घण्टाका लागि बन्द गरेको छ । आज (सोमबार) बिहान ५ बजेदेखि ७२ घण्टा लागि सीमा नाका बन्द रहने प्रजिअ रिजालले जानकारी दिए । यस्तै, खुल्ला रूपमा मदिरा विक्रीवितरण तथा सेवनमा रोक लगाएको छ ।
जिल्लामा चुनावलाई लक्षित गर्दै अवैध हात हतियार पनि संकलन भइसकेको उनले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार कैलालीमा चार सय ७९ जनाले हतियारको अनुमति लिएको भए पनि १० थान हतियार मात्र संकलन भएको बताए ।
प्रनाउ बुढामगरले चुनावको समयमा कुनै स्थानमा हतियार प्रयोग गरेको पाइएमा तत्काल पक्राउ गरी कानुन बमोजिम कारबाही गरिने बताए ।
जिल्लाको दुई सय ३१ मतदान स्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीलाई सुरक्षाका लागि खटाईसकिएको बताए । मतदान स्थलमा एक हजार पा“च सय २६ म्यादी प्रहरी र ६ देखि सात हजारसम्म नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरीलाई खटाइको प्रशासनले जनाएको छ ।
सुदूरपश्चिमका क्षेत्रीय प्रशासक शिशिरकुमार ढुंगानाका अनुसार ७ नम्बर प्रदेशको एक हजार एक सय आठ मतदान स्थलमध्ये १८ प्रतिशत मतदानस्थललाई अति संवेदनसिल र २२ प्रतिशत मतदानस्थललाई संवेदनसिल पहिचान गरेर तदनुरूपको सुरक्षा रणनीति तथा प्रबन्ध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार