३० आश्विन २०८१, बुधबार

मोटरसाइकल दुर्घटनामा मतदान अधिकृतको मृत्यु



टीकापुर । टीकापुर नगरपालिकाको खड्क स्मृति मतदान केन्द्रमा अधिकृत नृपराज भट्टराईको मोटरसाइकल दुर्घटनामा परि ज्यान गएको छ ।
५१ वर्षका भट्टराई स्थानीय तह निर्वाचनमा निर्वाचन अधिकृत भई शुक्रबार निर्वाचन सामग्री बुझ्न धनगढी आउँदै गरेको बेला अत्तरिया नजिक दुर्घटना हुँदा गम्भीर घाइते भएका थिए ।
खुट्टामा गम्भीर चोट देखिएका भट्टराईलाई उपचारका लागि लखनऊ लैजादै गर्दा बाटैमा प्राण गएका उनका आफन्तले जानकारी दिएका छन् । २०५१ सालदेखि शिक्षण पेशामा रहेका भट्टराई मुक्त कमैया प्रावि टीकापुरका प्रधानाध्यापक हुन् ।
उनको आज कर्णाली नदीमा अन्तिम संस्कार गरिदैछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार