११ श्रावण २०८१, शुक्रबार

टीकापुरमा एमालेको भेला



धनगढी । कैलालीका टीकापुरमा घरदैलो कार्यक्रमपछि एमालेले बिहीबार भेला आयोजना गरेको छ ,
एमाले निर्वाचन परिचालन कमिटीका संयोजक भैरव रावलले बिहीबार वडा नम्बर ४ मा भेला आयोजना गरिएको बताए ।
भेलामा टीकापुरमा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार तपेन्द्र रावलले प्राथमिकताका आधारमा सबै वडाको विकास गरिने बताए ।
उपमेयर पदका उम्मेदवार कमला केसी, रत्नप्रसाद सञ्जाल, वडाध्यक्ष जोखन थारु लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
भेलामा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार रावल र उपमेयर पदका उम्मेदवार केसीले टीकापुरमा कृषिको विशेष कार्यक्रम लागू गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार