१२ श्रावण २०८१, शनिबार

मदिरा तथा धुम्रपान बिक्रीमा रोक लगाउन माग



धनगढी । स्थानीय तह निर्वाचनलाई मर्यादित तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न केही समयका लागि कैलालीमा मदिरा तथा धुम्रपान बिक्रीमा रोक लगाउनुपर्ने माग गरिएको छ ।
बिहीबार कैलाली प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई ज्ञापनपत्र बुझाउदै अत्तरियाबासीले निर्वाचनको अवधिभरी मदिरा तथा धुम्रपान बिक्री तथा सेवनमा रोक लगाउन माग गरे ।
ज्ञापनपत्रमा मदिरा तथा धुम्रपानको अत्यधिक बिक्री तथा सेवनका कारण हिंसाको वातावरण सिर्जना हुने गरेको उल्लेख छ ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रिजालले १० गतेदेखि २० गतेसम्म कैलालीमा मदिरा विक्रीवितरणमा रोक लगाइने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार