१२ श्रावण २०८१, शनिबार

कार्यशाला गोष्ठी



धनगढी । अपांगता भएका महिलामाथि हुने हिंसाको अवस्था तथा सरोकारवालाहरूको दायित्व विषयमा बुधबार धनगढीमा कार्यशाला गोष्ठी भएको छ ।
राष्ट्रिय अपांग महासंघ, नेपाल प्रदेश नम्बर ७ को आयोजना सर्वांगिण अपांगता विकास समाज नेपालको समन्वय र महिला तथा वालवालिका कार्यालय कैलालीको आयोजनामा भएको कार्यक्रममा नन्दराज भट्टले अपांग महिलाको अवस्था बारे जानकारी गराएका थिए ।
उनका अनुसार कैलालीमा १२ हजार ५ सय ८० अपांगता भएका ब्यक्ति रहेका छन् । तीमध्ये ५ हजार ६ सय ६१ महिला रहेका छन् ।
शारीरिक अपांगता भएका एक हजार आठ सय ५०, दृष्टिबिहीन एक हजार पाँच सय ५०, श्रवणशक्ति कमजोर भएका आठ सय एक, टेप ब्लाइण्ड एक सय ८०, बोल्न नसक्ने दुई सय ९०, मानसिक अपांगता भएका पाँच सय ६० र बहुअपांगता भएका चार सय ३० जना रहेका छन् । भट्टले मानसिक अपांगता रहेकामध्ये १३ जना हिंसामा परेको बताए ।
कार्यक्रममा महिला कार्यालयकी प्रमुख राजेश्वरी सिंहले चालू आर्थिक वर्षमा ७४ जना महिला हिंसाका मुद्दा आएको बताइन् ।
जिल्ला प्रहरी कार्यालयकी महिला सेल हेर्ने प्रहरी हवल्दार सारदा चौधरीले वालविवाहका घटना बढी आउने गरेका र अहिलेसम्म अपांगता भएका महिलामाथि भएका हिंसाका कुनै मुद्दा नआएको बताइन् ।
कार्यक्रम सर्वांगिण अपांगता विकास समाजका अध्यक्ष धिरेन्द्र शाहीको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार